Timi Nai Mero Sas

तिमी नै मेरो सास हौ
हो, तिमी नै पिरती हौ, धरती हौ, आकाश हौ

जहाँ जान्छु, जे-जे हेर्छु, मात्र तिम्रो रूप बन्छ
दैव पनि अर्को जुनी तिम्रै हुन पाऊँ भन्छ
रवि पनि रनभुल्लै, कवि पनि रनभुल्लै
कति सुन्दर, अति चोखो छौ!

तिमी नै पुराण हौ, तिमी नै कुरान हौ
मायाको चारधाम हौ, मेरो त जून-घाम हौ
तिमी नै पुराण हौ, तिमी नै कुरान हौ
मायाको चारधाम हौ, मेरो त जून-घाम हौ

बाटोभरि, माटोभरि तिम्रो पाइला खोज्दै-खोज्दै सिरिसिरी चल्छ नि बतास
फूलले सोध्यो, पातले सोध्यो, दिनले सोध्यो, रातले सोध्यो, भन तिम्रो मायालु कता छ
हो, बाटोभरि, माटोभरि तिम्रो पाइला खोज्दै-खोज्दै सिरिसिरी चल्छ नि बतास
हो, फूलले सोध्यो, पातले सोध्यो, दिनले सोध्यो, रातले सोध्यो, भन तिम्रो मायालु कता छ

भनेँ मैले मुटुभित्र लुकाएको छु
मनमन्दिरमा पूजा गरी सजाएको छु
रवि पनि रनभुल्लै, कवि पनि रनभुल्लै
कति सुन्दर, अति चोखो छौ!

तिमी नै पुराण हौ, तिमी नै कुरान हौ
मायाको चारधाम हौ, मेरो त जून-घाम हौ
तिमी नै पुराण हौ, तिमी नै कुरान हौ
मायाको चारधाम हौ, मेरो त जून-घाम हौ

यसै गरी सधैँभरि बाँचूँ तिम्रै बयान गरी, अरू केही बोल्न पनि नपरोस्
गर तिमी गुनुगुनु, मात्र तिम्रै बोली सुनूँ, अरू केही सुन्न पनि नपरोस्
हो, यसै गरी सधैँभरि बाँचूँ तिम्रै बयान गरी, अरू केही बोल्न पनि नपरोस्
गर तिमी गुनुगुनु, मात्रै तिम्रै बोली सुनूँ, अरू केही सुन्न पनि नपरोस्

यस्तो लाग्छ पालैपालो फेरौँ सास पनि
लोभिने छ वसन्तको मधुमास पनि
रवि पनि रनभुल्लै, कवि पनि रनभुल्लै
कति सुन्दर, अति चोखो छौ!

तिमी नै पुराण हौ, तिमी नै कुरान हौ
मायाको चारधाम हौ, मेरो त जून-घाम हौ
तिमी नै पुराण हौ, तिमी नै कुरान हौ
मायाको चारधाम हौ, मेरो त जून-घाम हौ



Credits
Lyrics powered by www.musixmatch.com

Link