Hawale

हावाले सुने के भन्ला?
पानीले सुने के भन्ला?
हावाले सुने के भन्ला?
पानीले सुने के भन्ला?
नबोलूँ त बोल्ने मौका भोलि बन्ला नबन्ला
बन्ला नबन्ला, बन्ला नबन्ला

एउटा मनमा हजारथरी तर्क चल्छ, कुरा खेल्छ
एउटा मनमा हजारथरी तर्क चल्छ, कुरा खेल्छ
डालीमाथि फूलजस्तो देखिँदैन, के ले छेल्छ?

मन खोलेर मनका कुरा मजासँगै भनूँ लाग्छ, भनूँ लाग्छ

माटोले सुने के भन्ला?
बाटोले सुने के भन्ला?
नबोलूँ त बोल्ने मौका भोलि बन्ला नबन्ला
बन्ला नबन्ला, बन्ला नबन्ला

नबोलेर इशारामा अटाउन्न सबै माया
नबोलेर इशारामा अटाउन्न सबै माया
कसैले नि चिट्ठी लेखी पठाउन्न सबै माया

नभनेका सारा कुरा बटुलेर भनूँ लाग्छ, भनूँ लाग्छ

फूलले सुने के भन्ला?
पातले सुने के भन्ला?
नबोलूँ त बोल्ने मौका भोलि बन्ला नबन्ला
बन्ला नबन्ला, बन्ला नबन्ला



Credits
Writer(s): Nawaraj Lamsal
Lyrics powered by www.musixmatch.com

Link