Nadi Tarera

नदी तरेर ऊ गई, म वारि नै बसिरहेँ
म वारि नै बसिरहेँ
ऊ हाँसेर बिदा भई, म आँसुमा खसिरहेँ
म आँसुमा खसिरहेँ

मायाले दिएको फूल मनभरि बिझिरह्यो
मायाले दिएको फूल मनभरि बिझिरह्यो
भुल्न त खोजेँ कति, याद झन् दुखिरह्यो

मसानसरि भो जिन्दगी, म लाशझैँ जलिरहेँ
म लाशझैँ जलिरहेँ
ऊ हाँसेर बिदा भई, म आँसुमा खसिरहेँ
म आँसुमा खसिरहेँ

रातभर ऊ आएझैँ, आएझैँ लागिरह्यो
रातभर ऊ आएझैँ, आएझैँ लागिरह्यो
स्वप्नमा पनि मलाई डाकेझैँ लागिरह्यो

बनेर मैनबत्तीझैँ म तपतपी झरिरहेँ
म तपतपी झरिरहेँ
ऊ हाँसेर बिदा भई, म आँसुमा खसिरहेँ
म आँसुमा खसिरहेँ

ओठ काँपि नै रहे, मुटु खालि धड्कियो
ओठ काँपि नै रहे, मुटु खालि धड्कियो
भन्छु भन्थेँ जुन कुरा भित्र कहीँ अड्कियो

म एक्लो मूर्तिझैँ उदास किनारमा परिरहेँ
किनारमा परिरहेँ
ऊ हाँसेर बिदा भई, म आँसुमा खसिरहेँ
म आँसुमा खसिरहेँ



Credits
Writer(s): Kali Prasad Rijal
Lyrics powered by www.musixmatch.com

Link