Jobanko Pachhauri

जोबनको पछ्यौरीमा समाती
जोबनको पछ्यौरीमा समाती बैँसको जँघार तर्नु छ
अल्लारे मनको उत्ताउलो बानी
अल्लारे मनको उत्ताउलो बानी, एकै ठाउँ बस्न सक्दैन
देऊ, कान्छी, माया काँधभरि
देऊ, कान्छी, माया काँधभरि, गुन गर, कान्छालाई बाँच्नु छ
मायाको बजारमा, कान्छा, धेरै छ
मायाको बजारमा, कान्छा, धेरै छ, गुन गर्ने फुर्सदी हुँदैन
जोबनको पछ्यौरीमा समाती...

कान्छीले लाउने मायाको दाम सोध्नै गाह्रो छ
कान्छीले लाउने मायाको दाम सोध्नै गाह्रो छ
मायामा जिस्किने कान्छीको
मायामा जिस्किने कान्छीको मन बुझ्नै साह्रो छ
मन बुझ्नै साह्रो छ

अल्लारे मनको उत्ताउलो बानी

मेरो सानो मुटुमा माया धेरै छँदै छ
मेरो सानो मुटुमा माया धेरै छँदै छ
कान्छालाई गाह्रो पर्ला
कान्छालाई गाह्रो पर्ला, साइँला पनि छँदै छ
साइँला पनि छँदै छ

जोबनको पछ्यौरीमा समाती बैँसको जँघार तर्नु छ
अल्लारे मनको उत्ताउलो बानी, एकै ठाउँ बस्न सक्दैन

तिम्रै हातको खाँचो छ
खोइ, म त जान्दिन
तिम्रै हातको खाँचो छ
खोइ, म त जान्दिन
Mm-hm-hm, ओ-हो-हो



Credits
Writer(s): A, N
Lyrics powered by www.musixmatch.com

Link