Najik Aaunuma

नजिक आउनुमा, माया लाउनुमा
किन हिचकिची? किन कन्जुसी?
कि त लेऊ दस्तुर, कि छ केही कसुर?
खोल ओठ लौ, ए मेरी हजुर
नजिक आउनुमा...

माया हो, बुझ है, पालिन्न पालेर
धन यो, यस्तो धन, साँचिन्न साँचेर
लाजले निहुरीनु एकछिनलाई राम्रो हो
नबोली नमार न मलाई, हजुर
नजिक आउनुमा...

माया हो, बुझ है, पालिन्न पालेर
धन यो, यस्तो धन, साँचिन्न साँचेर
लाजले निहुरीनु एकछिनलाई राम्रो हो
नबोली नमार न मलाई, हजुर

मुख बन्द छ, हो यो सही
तर भन्दछन् आँखा केही
अधकल्चो यो कुन भाव हो?
यसरी किन, मेरी हजुर?
नजिक आउनुमा...

रुख देख्दै छु म, छहारिलो छाया छ
तिमी छौ, पोल्छ मन, यस्तै यो माया छ
पोलिने दुःख पनि एकछिनलाई सुखै छ
यो सुख दिन्छौ कति मलाई, हजुर?
नजिक आउनुमा...



Credits
Writer(s): Durgalal Shrestha
Lyrics powered by www.musixmatch.com

Link