Timrai Ta Eauta

तिम्रै त एउटा नाउँ छ, जसलाई म लिन सक्छु
तिम्रै त एउटा नाउँ छ, जसलाई म लिन सक्छु
एकफेर मागि त हेर, जीउ ज्यानै म दिन सक्छु

नबोल भैगो हाँसिदेऊ, हाँसोले म हाँस्न सक्छु

एउटै मुस्कानले पनि यो जुनी म काट्न सक्छु
ईशारा मात्रै गरिदेऊ सजिलै फकिन सक्छु
एकफेर मागि त हेर, जीउ ज्यानै म दिन सक्छु
एकफेर मागि त हेर, जीउ ज्यानै म दिन सक्छु

तिम्रा ति आँशु टिपेर बादल झैं बहन सक्छु
तिम्रा ति आँशु टिपेर बादल झैं बहन सक्छु
तिम्रा दुख पीडालाई भोग्न सहन सक्छु
उज्यालो दिंदै तिमीलाई मैन झैं सकिन सक्छु
एकफेर मागि त हेर, जीउ ज्यानै म दिन सक्छु
एकफेर मागि त हेर, जीउ ज्यानै म दिन सक्छु

तिम्रै त एउटा नाउँ छ, जसलाई म लिन सक्छु
तिम्रै त एउटा नाउँ छ, जसलाई म लिन सक्छु
एकफेर मागि त हेर, जीउ ज्यानै म दिन सक्छु
एकफेर मागि त हेर, जीउ ज्यानै म दिन सक्छु

Credits
Writer(s): Netra Koirala
Lyrics powered by www.musixmatch.com

Link