Chahesamma

सधैँ एउटै
कहाँ हुने छु र म
बद्लिन्छु समुन्द्रको छाल जस्तै

तर रङ्ग देखिने एउटै हुनेछ
मैले चाहे सम्म
मैले चाहे सम्म, अपनाए सम्म

तर पनि कतै रहने छु नै म
मेरो आभास छरिएछ हावा भरी
तर रङ्ग देखिने भिन्न हुनेछ
मैले चाहे सम्म
मैले चाहे सम्म, अपनाए सम्म

हिंड्दै छु यो नीलो आकाश मुस्कुराउँदै
सोच्दै छु गहिरो सोच तर रमाउँदै
सानो पाईला चाली नडराउँदै
ठूलो भूमि मा

उड्दै छु यो नीलो आकाश मुस्कुराउँदै
हराउँदैछु गहिरो खोंच हात समाउँदै
ठूलो पाईला चाली नडराउँदै
सानो भूमि मा

चाहे सम्म
चाहे सम्म
चाहे सम्म
चाहे सम्म



Credits
Writer(s): Riken Maharjan
Lyrics powered by www.musixmatch.com

Link