Timro Aagamanle Feri

तिम्रो आगमनले फेरि नयाँ उमङ्ग ल्यायो
सुन्दर बिहानी जस्तै झुल्के घाम जीवनमा ल्यायो

आशाको किरण झुल्कियो मनमा
वसन्त आए झैँ उजाड वनमा

तिम्रो आगमनले फेरि खुशीयाली सँगै नै ल्यायो

तिम्रो मायाले फेरि मुटुभरि मात चढायो
मनभरि माया बोकी यो ढुकढुकी चल्ने गरायो

मुटुमा राखौँ त छोपिन्छ कि
आँखामा राखौँ त पोखिन्छ कि

तिम्रो आगमनले फेरि नयाँ बहार ल्यायो

तिम्रो प्राप्तिले फेरि बाँच्ने रहर बढायो
आँधी-हुरी चल्दापनि जीवन-दियो बल्ने गरायो

तर्सिन्छु माया कतै भाग्ला कि
कसैको आँखा यसमा लाग्ला कि

तिम्रो साथले फेरि नयाँ जोश ल्यायो
तिम्रो साथले फेरि नयाँ जोश ल्यायो

तिम्रो आगमनले फेरि के थिएँ, के गरायो



Credits
Writer(s): Nabin K Bhattarai, Rabi Lamichhane
Lyrics powered by www.musixmatch.com

Link