Wari Chhu Mata

वारी छु म पारी तिमी भैगो मलाई माया नगर
वारी छु म पारी तिमी भैगो मलाई माया नगर
भत्किएको पुलबाट
भत्किएको पुलबाट जिन्दगीको यात्रा नगर
हो भैगो मलाई माया नगर
वारी छु म पारी तिमी भैगो मलाई माया नगर

तिमीले बाँच्ने विपना जस्तो म दुखीको सपना छैन
तिमीले बाँच्ने विपना जस्तो म दुखीको सपना छैन
भोगाई हो जिन्दगानी रहरको खेल हैन
एकै घामले सुकिजाने
एकै घामले सुकिजाने तलाउको हुन्न भर
भो भैगो मलाई माया नगर
वारी छु म पारी तिमी भैगो मलाई माया नगर

समय नै ईश्वर हो समयले हिंडाउँछ
समय नै ईश्वर हो समयले हिंडाउँछ
तिम्रो मेरो अलग बाटो दोबाटोले छुटाउँछ
हिंड्दा हिंड्दै हराउने
हिंड्दा हिंड्दै हराउने गोरेटोको हुन्न भर
भो भैगो मलाई माया नगर

वारी छु म पारी तिमी भैगो मलाई माया नगर
भत्किएको पुलबाट
भत्किएको पुलबाट जिन्दगीको यात्रा नगर
हो भैगो मलाई माया नगर
वारी छु म पारी तिमी भैगो मलाई माया नगर



Credits
Writer(s): Nhyoo Bajracharya
Lyrics powered by www.musixmatch.com

Link