Laddai Paddai

लड्दै पड्दै सम्हालिदैं पनि जिन्दगी त चलेकै छ
जिन्दगी त चलेकै छ
लड्दै पड्दै सम्हालिदैं पनि जिन्दगी त चलेकै छ
जिन्दगी त चलेकै छ

यताउति दगुर्दै पातमा सानो कीरा
यताउति दगुर्दै पातमा सानो कीरा
खोलाको बीचबाट बगिरहेछ, बगि नै रहेछ
छालले ननिलुन्जेल, पात नडुबुन्जेल
जिन्दगी त चलेकै छ
जिन्दगी त चलेकै छ

सल्केको आगो बोकी नदी छेउ एउटा रुख
सल्केको आगो बोकी नदी छेउ एउटा रुख
बगेको पानी हेरि जिईरहेछ, जलि नै रहेछ
जलन सहन सकुन्जेल, भुईँमा नढलुन्जेल
जिन्दगी त चलेकै छ
जिन्दगी त चलेकै छ

लड्दै पड्दै सम्हालिदैं पनि जिन्दगी त चलेकै छ
जिन्दगी त चलेकै छ



Credits
Writer(s): Yaman Shrestha
Lyrics powered by www.musixmatch.com

Link