Orali Lageko

तिमी छौ र म छु, सबथोक छ यहाँ
जस्तो छ माटो त्यस्तै छ गीत यहाँ
युगौँयुग बाँच्ने अमर प्रीत छ यहाँ

हो, यिनै सङ्गीतका साधक, रामकृष्ण ढकाल
जसले आफ्नो जीवनयात्रालाई सङ्गीतसाधनामा समर्पण गर्दै
श्रोतासमक्ष प्रीतको आलोक छरी 'आशीर्वाद', 'आशिष्' जस्ता गीति अल्बम, र
अन्य थुप्रै फुटकर तथा फिल्मी गीतहरूको माध्यमबाट
स्वदेश तथा विदेशमा बस्ने सम्पूर्ण नेपालीहरूको मन जित्न सफल भइसकेका छन्

साङ्गीतिक यात्राको आरोहअवरोह
उकाली चढ्ने र ओराली झर्ने क्रममा
उनी फेरि बिहानी भई उदाएका छन्

हिमाल, तराई र पहाडका गीत लिएर
छिया-छिया परेको मुटुको व्यथाहरू लिएर
उठीबास लागेको पिरतीको कथा लिएर
सडक र शहरको वास्तविकता लिएर
कतै पिरतीको छाया लिएर त कतै मायालुको माया लिएर
कतै प्रकृतिका मनोहर छटा लिएर
जीवनका सन्देश र दुःखेसो लिएर
समग्रमा हामी सबैको जीवनको वास्तविकता लिएर
सुखदुःख लिएर, अनि सरल, सरस, कोमल, भावपूर्ण
अनि माटोझैँ पवित्र साङ्गीतिक हीरा, 'आशा', लिएर

यही कामना छ, उनका यी आशाका गीतहरूले
शिखरमा पाइला टेकिरहून्, यी आवाजहरू धर्तीमा गुञ्जिरहून्
अनन्तसम्म माया बनेर, केवल माया बनेर



Credits
Writer(s): Nhyoo Bajracharya
Lyrics powered by www.musixmatch.com

Link