Thorai Thorai Ris

थोरै-थोरै रिस अनि धेरै-धेरै माया
थोरै-थोरै रिस अनि धेरै-धेरै माया
रिसमा पनि देख्छु म त मायाको नै छाया
थोरै-थोरै रिस अनि धेरै-धेरै माया
रिसमा पनि देख्छु म त मायाको नै छाया

त्यसै पनि रिसाएर त्यसै आँखा तर्छ्यौ
त्यसै पनि रिसाएर त्यसै आँखा तर्छ्यौ
मनमा चाहिँ भित्रभित्रै मलाई माया गर्छ्यौ

थोरै-थोरै रिस अनि धेरै-धेरै माया
रिसमा पनि देख्छु म त मायाको नै छाया

नबोलेरै दिनभरि मलाई घुर्की लायौ
नबोलेरै दिनभरि मलाई घुर्की लायौ
राती फेरि सपनीमा, भन, किन आयौ?

थोरै-थोरै रिस अनि धेरै-धेरै माया
रिसमा पनि देख्छु म त मायाको नै छाया

सम्झनामा पनि आउँछ तिम्रै मीठो बास
सम्झनामा पनि आउँछ तिम्रै मीठो बास
पर्खिरहेँ देउरालीमा, लागिरह्यो आस

थोरै-थोरै रिस अनि धेरै-धेरै माया
रिसमा पनि देख्छु म त मायाको नै छाया
थोरै-थोरै रिस अनि धेरै-धेरै माया
रिसमा पनि देख्छु म त मायाको नै छाया



Credits
Writer(s): Aalok Shree, Kali Prasad Rijal
Lyrics powered by www.musixmatch.com

Link