Kasko Aba Pheri

यो एउटा सडकको कथा हो
यो एउटा सडकको कथा हो
यो मेरो आफ्नै कथा हो, कथा हो
यो मेरो छातीबिचमा सयौँले कुल्चिएको
व्यथा हो, व्यथा हो, व्यथा हो
यो एउटा सडकको कथा हो

सडकमा सबैको सबै कुल्ची हिँड्छन्
विश्वास टेकी एक घाउ दिन्छन्

सडकमा सबैको सबै कुल्ची हिँड्छन्
विश्वास टेकी एक घाउ दिन्छन्
कसैले देखेन मेरो कर्म के हो
कसैले बुझेन मेरो मर्म के हो

यो पीडा बढी भएर नरुनुको व्यथा हो
हारेको जिन्दगीमा केही नहुनुको कथा हो
नहुनुको कथा हो

यो एउटा सडकको कथा हो

मलाई टेकेर अरु पारि पुग्छन्
मलाई अधूरा मेरै खुसी दुख्छन्

मलाई टेकेर अरु पारि पुग्छन्
मलाई अधूरा मेरै खुसी दुख्छन्
यही छु, मलाई कहीँ पुग्नु छैन
सडक हुँ, योभन्दा अरु झुक्नु छैन

विश्वास मरिसकेको यो आशाको व्यथा हो
दुखाइले कतै नदुख्ने व्यथा नै यो कथा हो
व्यथा नै यो कथा हो

यो एउटा सडकको कथा हो
यो मेरो आफ्नै कथा हो, कथा हो
यो मेरो छातीबिचमा सयौँले कुल्चिएको
व्यथा हो, व्यथा हो, व्यथा हो
यो एउटा सडकको कथा हो



Credits
Writer(s): Shakti Ballav
Lyrics powered by www.musixmatch.com

Link