Birsiu Bhane

बिर्सिऊ भने सम्झाईदिन्छ
तिम्रो त्यो छायाँले, तिम्रो त्यो छायाँले
न बाच्न दियो, न मर्न दियो
तिम्रो यो मायाले, तिम्रो यो मायाले

हो, पानीले रुझे ओत्ताउने जुन, झन् राम्रो देखिन्छ
आँसुले भिजे निस्कने हासो, झन् मिठो मानिन्छ

अधेरी मेरो रातमा आयो
न जुन न हासो, न जुन न हासो
पिरतीलाई न छुटो भनु
न ठानु म साचो, न ठानु म साचो
बिर्सिऊ भने सम्झाईदिन्छ
तिम्रो त्यो छायाँले, तिम्रो त्यो छायाँले

उजाड लाग्छ त्यो ठाउँ जहाँ, यी आँखा जुधेथे
बिझाउछ आज त्यो ठाउँ जहाँ, कोपिला फुलेथे
के सधै भरी जिन्दगीलाई
झुक्याउ यसरी, झुक्याउ यसरी
हृदय भरी लिएर बेथा
निदाउ कसरी, निदाउँ कसरी

बिर्सिऊ भने सम्झाइदिन्छ
तिम्रो त्यो छायाँले, तिम्रो त्यो छायाँले
न बाच्न दियो, न मर्न दियो
तिम्रो यो मायाले, तिम्रो यो मायाले
तिम्रो यो मायाले



Credits
Writer(s): Kiran Kharel
Lyrics powered by www.musixmatch.com

Link