Jaba Jaba Nisash

जब जब निसास लाग्छ
पल पल उदास लाग्छ
तिम्रो सामू आए रोइदिन मन लाग्छ

जब जब निसास लाग्छ
पल पल उदास लाग्छ
तिम्रो सामू आए रोइदिन मन लाग्छ
जब जब निसास लाग्छ

थाकेको जिन्दगीले जब थाल्छ शान्ति खोज्न
तिम्रो नजीक मनको थकाइ मेट्न
थाकेको जिन्दगीले जब थाल्छ शान्ति खोज्न
तिम्रो नजीक मनको थकाइ मेट्न

बादल जस्तै पग्लिएर पिर पोख्न मन लाग्छ
तिम्रो सामू आए रोइदिन मन लाग्छ
जब जब निसास लाग्छ

निस्छल मुहार तिम्रो मेरो सुख को मुहान
तिम्रो मिठो बचननै सन्तोषको बिहान
निस्छल मुहार तिम्रो मेरो सुख को मुहान
तिम्रो मिठो बचननै सन्तोषको बिहान

संसारनै बिर्सिएर तिमीलाई हेर्न मन लाग्छ
तिम्रो सामू आए रोइदिन मन लाग्छ
जब जब निसास लाग्छ
पल पल उदास लाग्छ
तिम्रो सामू आए रोइदिन मन लाग्छ
रोइदिन मन लाग्छ



Credits
Writer(s): Taradevi
Lyrics powered by www.musixmatch.com

Link