Subhakamana Bhari

शुभकामना भरी हरेक श्वासमा तिम्रो दीर्घायुको कामना गर्न सकूँ म
शुभकामना भरी हरेक पलमा तिम्रो जीवनमा सुवास छर्न सकूँ म
शुभकामना भरी

आँखाका दुई घडा प्रीतले भरेको हरेक बुँदले अभिशेष देओस्
श्रद्धा, भक्ती, बिश्वास, मायाले उनेको हर शब्द यो मङ्गलमाला बनोस्
शुभकामना भरी हरेक उषामा तिम्रा बिहानीहरु रङ्गाउन सकूँ म
शुभकामना भरी

मुटुको दियोमा सधैँ बलिरहने अखण्ड बत्ती पथदर्शक रहोस्
सधुवाको सिउँदोमा झल्किरहने सिन्दूरझैँ शुभ त्यो जीवन बनोस्

शुभकामना भरी हरेक सन्ध्यामा तिम्रा साँझहरु सजाइदिन सकूँ म
शुभकामना भरी हरेक श्वासमा तिम्रो दीर्घायुको कामना गर्न सकूँ म



Credits
Writer(s): Natikaji
Lyrics powered by www.musixmatch.com

Link