Timilai Hasera

तिमीलाई हाँसेर बिदा मात्रै दिइसकेथेँ
आँसु झरिसकेछन्, म तिनलाई पुछ्न थालेँ
म तिनलाई पुछ्न थालेँ
तिमी मलाई छोडी गइसकेको मात्रै के थियौ
तिमी फर्कने दिन म हतारिँदै गन्न लागेँ
म हतारिँदै गन्न लागेँ

यो दुई दिनको बिछोड पनि कति नमीठो
के बिर्सिए जस्तो, हराए जस्तो, नपुगे जस्तो
यो दुई दिनको बिछोड पनि कति नमीठो
के बिर्सिए जस्तो, हराए जस्तो, नपुगे जस्तो

मान्छेको हूलबीच पनि शून्यपन कस्तो?
मान्छेको हूलबीच पनि शून्यपन कस्तो?
ताराहरूलाई छोडी चन्द्र लुकिदिए जस्तो

तिमीलाई हाँसेर बिदा मात्रै दिइसकेथेँ
आँसु झरिसकेछन्, म तिनलाई पुछ्न थालेँ
म तिनलाई पुछ्न थालेँ

यी दिन, यी रातका हरपल नरमाइला
लाग्छ समय नै सुस्तिएर चलिदिए जस्तो
यी दिन, यी रातका हरपल नरमाइला
लाग्छ समय नै सुस्तिएर चलिदिए जस्तो

ती मीठा गीतका धुन पनि कति झर्कोलाग्दा
ती मीठा गीतका धुन पनि कति झर्कोलाग्दा
फूल झरी काँडा मात्र बाँकी भइदिए जस्तो

तिमीलाई हाँसेर बिदा मात्रै दिइसकेथेँ
आँसु झरिसकेछन्, म तिनलाई पुछ्न थालेँ
म तिनलाई पुछ्न थालेँ



Credits
Writer(s): Chandani Shah
Lyrics powered by www.musixmatch.com

Link