Sunsan Prakriti

सुनसान प्रकृतिको काखमा जब तिम्रो साथमा एक्लै बसेकी हुन्छु
त्यसबेला त्यो अलौकिक शुन्य भित्र हराए
तिमिमा र प्रकृति बिच एउटा धुन सुन्छु
जिन्दगीको सबैभन्दा सुरिलो संगीत बनि
त्यो एकनाश मिठो मधुरो भै गुन्जी रहन्छ
सुनसान प्रकृतिको काखमा जब तिम्रो साथमा एक्लै बसेकी हुन्छु

तिम्रा आँखाले जब बोलिदिन्छन् मुटुको प्रित भरिका भावहरु
तिम्रा आँखाले जब बोलिदिन्छन् मुटुको प्रित भरिका भावहरु
त्यसैबेला मेरो समस्त संसार समेटिएर
तिम्रो एउटै नानीमा गएर अटाई दिन्छ
त्यहाँ जताततै म आफैलाई देखि दिन्छु
तिम्रा आँखामा, तिमीमा, अनि तिमि ओरिपरि
सुनसान प्रकृतिको काखमा जब तिम्रो साथमा एक्लै बसेकी हुन्छु

मेरो छायाको सिरानीमा तिमीले निदाए झैँ गरि आँखा चिम्लीदिंदा
मेरो छायाको सिरानीमा तिमीले निदाए झैँ गरि आँखा चिम्लीदिंदा
मेरा सुख-दुख, आँशु-हासो त्यहि बिर्सी दिन्छु
त्यो मुहारभरि शान्तिको आभाष झल्किएको देख्छु
जीवन बित्यो अनि श्रिस्टिको परिधि पारि हेर्दा
तिमीमै म आफुलाई निबी सकेको पाउछु

सुनसान प्रकृतिको काखमा जब तिम्रो साथमा एक्लै बसेकी हुन्छु
त्यसबेला त्यो अलौकिक शुन्य भित्र हराए
तिमिमा र प्रकृति बिच एउटा धुन सुन्छु
जिन्दगीको सबैभन्दा सुरिलो संगीत बनि
त्यो एकनाश मिठो मधुरो भै गुन्जी रहन्छ
सुनसान प्रकृतिको काखमा जब तिम्रो साथमा एक्लै बसेकी हुन्छु



Credits
Writer(s): Chandani Shah, Natikaji
Lyrics powered by www.musixmatch.com

Link