Timi Aayau

जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ
सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ
जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ
सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ

धेरै तरेँ खोलाहरु, बगेँ धेरै चोटी
धेरै तरेँ खोलाहरु, बगेँ धेरै चोटी
कस्तो जुनी दियौ, आमा, धन्य कोटीकोटी!

अब एउटा मनको खोला तर्न बाँकी छ
सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ

लहरामा फुलेँ क्यारे, परेलीमा फुलेँ
चमेली र बाबरीको तरेलीमा फुलेँ
चमेली र बाबरीको तरेलीमा फुलेँ

फुल्नसम्म फुलेँ, आमा, झर्न बाँकी छ
सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ

उकालीमा हिँडेँ, कति ओरालीमा हिँडेँ
सिस्नोहरु समातेर भिरालीमा हिँडेँ
उकालीमा हिँडेँ, कति ओरालीमा हिँडेँ
सिस्नोहरु समातेर भिरालीमा हिँडेँ

नफर्कने एउटा साइत गर्न बाँकी छ
सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ
जिन्दगीमा धेरै कुरा गर्न बाँकी छ
सबैभन्दा ठूलो कुरा मर्न बाँकी छ



Credits
Writer(s): Raman Ghimire
Lyrics powered by www.musixmatch.com

Link