Yespali Ma

यसपाली म गएँ भने, आउँछु कि आउँदिनँ
यसपाली म गएँ भने, आउँछु कि आउँदिनँ
यो जीउले फेरि भेट्न
यो जीउले फेरि भेट्न, पाउँछु कि पाउँदिनँ
यसपाली म गएँ भने, आउँछु कि आउँदिनँ

निधारमा रातो टीका, मखमली माला लाउलान्
दशैं फेरि पनि आउला, तिहारमा भैलो गाउलान्
आफूले त आसिक थाप्न
आफूले त आसिक थाप्न, पाउँछु कि पाउँदिनँ
यसपाली म गएँ भने, आउँछु कि आउँदिनँ

धानको बाला लरीबरी खेत भरिभरि झुल्लान्
सुनाखरी वनैभरि थरीथरी गरी फूल्लान्
हो आगौँ सालको न्वागी खान
आगौँ सालको न्वागी खान, पाउँछु कि पाउँदिनँ
यसपाली म गएँ भने, आउँछु कि आउँदिनँ

आँगनमा जग्य बन्ला, नौमती बाजा होलान्
छोरीलाई अन्माउँदा, बाबुआमा कति रोलान्
सान्नानीको गोडा धुन
सान्नानीको गोडा धुन, पाउँछु कि पाउँदिनँ

यसपाली म गएँ भने, आउँछु कि आउँदिनँ
यो जीउले फेरि भेट्न
यो जीउले फेरि भेट्न, पाउँछु कि पाउँदिनँ
यसपाली म गएँ भने, आउँछु कि आउँदिनँ
यसपाली म गएँ भने, आउँछु कि आउँदिनँ



Credits
Writer(s): Kali Prasad Rijal, Shila Bahadur Moktan
Lyrics powered by www.musixmatch.com

Link