Mero Geet Nai Upahar

मेरो गीत नै उपहार हो
शब्द-शब्दमा व्यथा भरेको छु
जिउँदो नसम्झ मलाई तिमी, व्यथासितै मरेको छु
जिउँदो नसम्झ मलाई तिमी, व्यथासितै मरेको छु
मेरो गीत नै...

धन-दौलतको यो युगमा निर्धनको यहाँ के मोल हुन्छ?

धन-दौलतको यो युगमा निर्धनको यहाँ के मोल हुन्छ?
परिभाषा जब बुझ्दैनौ तिमी, प्रीतिको महत्त्व के हुन्छ?
गहिराइभित्र पसेर हेर, गहिराइभित्र पसेर हेर
यी दिनहरू अर्कै हुन्छ

मेरो गीत नै...

रङ्ग-रूपको यो बजारमा बेरुप यहाँ के दाम हुन्छ?

रङ्ग-रूपको यो बजारमा बेरुप यहाँ के दाम हुन्छ?
पुकार जब सुन्दैनौ तिमी, आँसुको यहाँ के नाम हुन्छ?
एकछिन आफै रोएर हेर, एकछिन आफै रोएर हेर
आँसुभित्र कथा हुन्छ

मेरो गीत नै उपहार हो
शब्द-शब्दमा व्यथा भरेको छु
जिउँदो नसम्झ मलाई तिमी, व्यथासितै मरेको छु
जिउँदो नसम्झ मलाई तिमी, व्यथासितै मरेको छु
जिउँदो नसम्झ मलाई तिमी



Credits
Lyrics powered by www.musixmatch.com

Link