Hamro Sundar Sansar

हाम्रो सुन्दर संसार थियो, हुरी आई उडाइदियो
दुई मुटुको मिलन थियो, सपनाजस्तै तोडी गयो
अब हाम्रो माया आकाश-धर्ती हो
अब हाम्रो माया आकाश-धर्ती हो

हाम्रो सुन्दर संसार थियो, हुरी आई उडाइदियो
दुई मुटुको मिलन थियो, सपनाजस्तै तोडी गयो
अब हाम्रो माया आकाश-धर्ती हो
अब हाम्रो माया आकाश-धर्ती हो

हरियाली वनपाखाको भेट हाम्रो आलै थियो
हरियाली वनपाखाको भेट हाम्रो आलै थियो
चढाएको भाकल हाम्रो देउरालीलाई थाहै थियो

बिहानीको शीतजस्तै चोखो हाम्रो माया थियो
तर हाम्रो माया दुई किनार भयो
तर हाम्रो माया दुई किनार भयो

चखेवाको जोडीजस्तै हाम्रो माया उड्दै थियो
चखेवाको जोडीजस्तै हाम्रो माया उड्दै थियो
हुरीबतास चले पनि दुई आत्माको जीत नै थियो

कहिले हाँस्ने, कहिले रुने, यस्तै हाम्रो माया थियो
तर हाम्रो माया दुई किनार भयो
तर हाम्रो माया दुई किनार भयो

हाम्रो सुन्दर संसार थियो, हुरी आई उडाइदियो
दुई मुटुको मिलन थियो, सपनाजस्तै तोडी गयो
अब हाम्रो माया आकाश-धर्ती हो
अब हाम्रो माया आकाश-धर्ती हो

अब हाम्रो माया आकाश-धर्ती हो



Credits
Writer(s): Dinesh Subba
Lyrics powered by www.musixmatch.com

Link