Aash

चाहना मेरो सधैँ पुग्थ्यो, आज किन हो यति अपूरो?
के मेरा इच्छाहरू भए धेरै महँगो?
जहाँ-जहाँ मेरा पाइला सर्छन्, सबले त्यहाँ भन्न थाल्छन्
के गर्ने, के हुने हो यो मेरो जीवन

तँ दुःख गर्, आस नगर् म भन्दिन
तँ प्रयास गर्, आस नगर् म भन्दिन
तँ साँचो बोल्, झूट सहनू म भन्दिन
तँ माया गर्, आस नगर् म भन्दिन

धेरै सोच्छु, कम म बोल्छु, शायद कहिले अत्ति नै भन्छु
तर यी शब्दहरू मेरा मात्र हैनन्
जहाँ-जहाँ मेरा पाइला सर्छन्, सबले त्यहाँ भन्न थाल्छन्
के हिजो, आज, भोलि, सधैँ-सधैँ

तँ दुःख गर्, आस नगर् म भन्दिन
तँ प्रयास गर्, आस नगर् म भन्दिन
हो, तँ साँचो बोल्, झूट सहनू म भन्दिन
हो, तँ माया गर्, आस नगर् म भन्दिन



Credits
Writer(s): Sarun Tamrakar
Lyrics powered by www.musixmatch.com

Link