Yastai Nai Chha

यस्तै नै छ यहाँको रीत, रहरहरू सेलाउँदै जान्छ
चोट लाग्छ हृदयमा
हो, चोट लाग्छ हृदयमा, घाउ अझै बढ्दै जान्छ
यस्तै नै छ यहाँको रीत

व्यथामा व्यथा थपिन्छ, बुझिदिने कोही हुँदैन

शून्यतामा आँखा टोलाउँछु, साथ कसैको पाउँदिन
शून्यतामा आँखा टोलाउँछु, साथ कसैको पाउँदिन

यस्तै नै छ यहाँको रीत

छातीमा पीर कति-कति, बाँधेर मुस्काउनै पर्ने

रुँदारुँदै थाके पनि बाँच्नलाई हाँस्नै पर्ने
रुँदारुँदै थाके पनि बाँच्नलाई हाँस्नै पर्ने

यस्तै नै छ यहाँको रीत, रहरहरू सेलाउँदै जान्छ
चोट लाग्छ हृदयमा
हो, चोट लाग्छ हृदयमा, घाउ अझै बढ्दै जान्छ
यस्तै नै छ यहाँको रीत

Credits
Writer(s): A, N
Lyrics powered by www.musixmatch.com

Link