Timro Rahar

तिम्रो रहर मेरो रहर, मेरो शहर तिम्रो नजर
सम्हाल मलाई अंगाल, हरेक दिन हरेक प्रहर
हरेक दिन हरेक प्रहर
तिम्रो रहर मेरो रहर, मेरो शहर तिम्रो नजर
सम्हाल मलाई अंगाल, हरेक दिन हरेक प्रहर
हरेक दिन हरेक प्रहर

थाले झैं छ तिम्रो मुटु मेरो छातिभित्र चल्न
थाले झैं छ तिम्रो मुटु मेरो छातिभित्र चल्न
आए झैं छ तिम्रो खुशी मेरो परेलीमा खुल्न
बाँध न मलाई सासमा हरेक दिन हरेक प्रहर
हरेक दिन हरेक प्रहर

चाहन्छु म रोकिदिन समयको बग्दो गति
चाहन्छु म रोकिदिन समयको बग्दो गति
बन्द भए बाटो सबै हुने थियो अझै जाति
साटन मलाई आफूमा हरेक दिन हरेक प्रहर
हरेक दिन हरेक प्रहर

तिम्रो रहर मेरो रहर, मेरो शहर तिम्रो नजर
सम्हाल मलाई अंगाल, हरेक दिन हरेक प्रहर
हरेक दिन हरेक प्रहर



Credits
Writer(s): Raju Singh
Lyrics powered by www.musixmatch.com

Link