Ke Kasto Thiye

के-कस्तो थिएँ हिजो, केही नसोचूँ
जे हुउँला हुउँला भोलि म
के-कस्तो थिएँ हिजो, केही नसोचूँ
जे हुउँला हुउँला भोलि म
अहिलेको यो घडी, यो क्षण हुन देऊ, मेरै हुन देऊ
जे हुउँला हुउँला भोलि म

किन भनूँ दिन मर्यो? भो, बरु साँझ पर्यो
यो साँझ, मेरो साँझ, यसैमा रम्न देऊ
किन भनूँ दिन मर्यो? भो, बरु साँझ पर्यो
यो साँझ, मेरो साँझ, यसैमा रम्न देऊ
देऊ मलाई, यसैमा रम्न देऊ

अहिलेको यो घडी, यो क्षण हुन देऊ, मेरै हुन देऊ
जे हुउँला हुउँला भोलि म

यो सूर्य गए जाओस्, उज्यालो छ नि भित्र
यो मेरो उज्यालो हो, यसैमा झुम्न देऊ
यो सूर्य गए जाओस्, उज्यालो छ नि भित्र
यो मेरो उज्यालो हो, यसैमा झुम्न देऊ
देऊ मलाई, यसैमा झुम्न देऊ

अहिलेको यो घडी, यो क्षण हुन देऊ, मेरै हुन देऊ
जे हुउँला हुउँला भोलि म



Credits
Lyrics powered by www.musixmatch.com

Link