Ki Malai Bachan Deu

कि मलाई वचन देऊ कि त बाटो फुकाइदेऊ
कि मलाई वचन देऊ कि त बाटो फुकाइदेऊ
अल्झाएर राख्छौ किन? किन? किन?

न त पानी पर्न सक्यो न त बादल फाट्न सक्यो
न त पानी पर्न सक्यो न त बादल फाट्न सक्यो
न त मेरो मनले तिम्रो आँखालाई ढाँट्न सक्यो

कि त आँसु झारिदेऊ कि त मूलै सुकाइदेऊ
अल्झाएर राख्छौ किन? किन? किन?

आउने भए आऊ नजिक, सासले नि पोलोस् मलाई
हो, आउने भए आऊ नजिक, सासले नि पोलोस् मलाई
जाने भए जाऊ टाढा, सम्झनाले छोडोस् मलाई

कि त नाता तोडिदेऊ कि त चित्त बुझाइदेऊ
अल्झाएर राख्छौ किन? किन? किन?

किन? किन? किन?
किन?



Credits
Lyrics powered by www.musixmatch.com

Link