Pani Udai Bagchha

पानी उँधै बग्छ, पात झर्छ उँधै
पानी उँधै बग्छ, पात झर्छ उँधै
तिमी उक्ल उँभो मेरै मुटु हुँदै
मेरो मुटु हुँदै
मेरो मुटु हुँदै

म त खुशी छु सधैँ धर्तीलाई हेरी
कसको मुटु खोजूँ आफू उक्लिनलाई फेरि?
म त खुसी छु सधैँ धर्तीलाई हेरी
कसको मुटु खोजूँ आफू उक्लिनलाई फेरि?

हुन्छ, बस माथि तिमी मनमन रुँदै
तिमी उक्ल उँभो मेरै मुटु हुँदै
मेरो मुटु हुँदै
मेरो मुटु हुँदै

रहरहरू आकासिँदा कावा खान्छन् अति
त्यति माथि टाढाबाट के पो देख्नु रत्ती?
रहरहरू आकासिँदा कावा खान्छन् अति
त्यति माथि टाढाबाट के पो देख्नु रत्ती?

ढुक्कै बस माथि तिमी मनको मैलो धुँदै
तिमी उक्ल उँभो मेरै मुटु हुँदै
मेरो मुटु हुँदै
मेरो मुटु हुँदै
मेरो मुटु हुँदै



Credits
Lyrics powered by www.musixmatch.com

Link