Maya Garneko

माया गर्नेको
माया गर्नेको चोखो माया पनि देखियो
वाचा गर्नेको
वाचा गर्नेको वाचाबन्धन पनि देखियो
माया गर्नेको चोखो माया पनि देखियो

"फूल सुकुमार छ
निष्पाप छ, कोमल" भन्थे, "कोमल" भन्थे
"फूल सुकुमार छ
निष्पाप छ, कोमल" भन्थे, "कोमल" भन्थे

फूलको धारले
फूलको धारले रेटेको पनि देखियो

रोईरोई नछुट्टिने कसम खानेले, कसम खानेले
रोईरोई नछुट्टिने कसम खानेले, कसम खानेले

हाँसीहाँसी
हाँसीहाँसी कसम तोडेको पनि देखियो

"सबको भगवान् छ
भगवान् ले हेर्छन्" भन्थ्यो, "हेर्छन्" भन्थ्यो
"सबको भगवान् छ
भगवान् ले हेर्छन्" भन्थ्यो, "हेर्छन्" भन्थ्यो

तिम्रो भगवान् ले
तिम्रो भगवान् ले हेरेको पनि देखियो

माया गर्नेको
माया गर्नेको चोखो माया पनि देखियो
वाचा गर्नेको वाचाबन्धन पनि देखियो
देखियो, देखियो, देखियो, देखियो, देखियो



Credits
Writer(s): Narayan Gopal
Lyrics powered by www.musixmatch.com

Link