Kahile Samjhera Royen

कहिले सम्झेर रोएँ, कहिले भुलेर रोएँ
कहिले सम्झेर रोएँ, कहिले भुलेर रोएँ
आँसुका फूल परेलीमा
आँसुका फूल परेलीमा उनेर रोएँ
कहिले सम्झेर रोएँ, कहिले भुलेर रोएँ
कहिले सम्झेर रोएँ, कहिले भुलेर रोएँ

आँसु पुछेर रुने छैन भनी वाचा त गरेँ
आँसु पुछेर रुने छैन भनी वाचा त गरेँ
वाचा त गरेँ

त्यही वाचा सम्झी धर्धरी रोएँ

ओठमा मुस्कान च्यापेर हिँडेको छु म
ओठमा मुस्कान च्यापेर हिँडेको छु म
हिँडेको छु म

हाँसीहाँसी म त हाँसोमा लुकेर रोएँ

कहिलेकाहीँ त एकान्तमाझ सुस्तरी रुन्थेँ
कहिलेकाहीँ त एकान्तमाझ सुस्तरी रुन्थेँ
सुस्तरी रुन्थेँ

के भयो कुन्नि, आज बेस्सरी रोएँ
के भयो कुन्नि, आज बेस्सरी रोएँ
आँसुका फूल परेलीमा
आँसुका फूल परेलीमा उनेर रोएँ
कहिले सम्झेर रोएँ, कहिले भुलेर रोएँ
कहिले सम्झेर रोएँ, कहिले भुलेर रोएँ

कहिले सम्झेर रोएँ, कहिले भुलेर रोएँ



Credits
Writer(s): Haridevi Koirala, Kali Prasad Rijal, Shakti Ballav
Lyrics powered by www.musixmatch.com

Link