Apsaraharuko Bhidma

ला-ला-ला, ला-ला-ला, ला-ला
ला-ला-ला-ला, अति राम्री, राम्री देखिन्छु रे

अप्सराहरूको हुलमा पनि राम्री, अति राम्री देखिन्छु रे
अप्सराहरूको हुलमा पनि राम्री, अति राम्री, राम्री देखिन्छु रे
बिनालाली, बिनागाजल देख्ने सबै हुन्छन् पागल
शृङ्गारै नगरे पनि म प्यारी, अति प्यारी, प्यारी देखिन्छु रे
अप्सराहरूको हुलमा पनि राम्री, अति राम्री, राम्री देखिन्छु रे

कोही भन्छन्, "फूल हौ पहरामा फुल्ने"
कोही भन्छन्, "जून हौ अँधेरीमा खुल्ने"

खुशीले मन झुमिदिन्छ, पीडा सबै भुलिदिन्छ, अनि उड्छ यो मन
माथि-माथि आकाशैमा तल धर्तीलाई हेर्दै जूनताराको देशमा

भावनामा बग्ने मेरो बानी छ रे
सिमलको भुवासरि कोमल छु रे

शीतको थोपाभन्दा चोखो, सागरजस्तै निश्चल छ रे मेरो लाली जोबन
शायद त्यसैले पो हो कि अति राम्री, अति राम्री, राम्री देखिन्छु रे

बिनालाली, बिनागाजल देख्ने सबै हुन्छन् पागल
शृङ्गारै नगरे पनि म प्यारी, अति प्यारी, प्यारी देखिन्छु रे
अप्सराहरूको हुलमा पनि राम्री, अति राम्री, राम्री देखिन्छु रे



Credits
Writer(s): Tara Prakash Limbu
Lyrics powered by www.musixmatch.com

Link