Ye Rupanagariki Rani

ए रूपनगरकी रानी
ए रूपनगरकी रानी, किन हो आनाकानी?
ए रूपनगरकी रानी, किन हो आनाकानी?

माया देऊ, माया लेऊ, चोखो माया चिन

बैँसमा, हेर, होस गर
बैँसमा, हेर, होस गर

उडाइदेला तिम्रो पछ्यौरी बेइमानी हावाले
उडाइदेला तिम्रो पछ्यौरी बेइमानी हावाले
छोइदेला तिम्रो चोखो मन चञ्चले मौसमले
सोच, रोक कदमहरू, ठेस लाग्ला फेरि
जाला व्यर्थै जिन्दगानी ऐना मात्र हेरी

त्यसैले भन्छु म, "चोखो माया चिन"

बैँसमा, हेर, होस गर
बैँसमा, हेर, होस गर

गाउन थाल्यो ढुकढुकीले मीठो पिरतीको धुन
आऊ, दुवै घुम्न जाऊँ, माथि नीलगगन छुन

बैगुनी, बैगुनी बनेर, बनेर
निष्ठुरी, निष्ठुरी भएर, भएर सताउँछौ किन?

बैँसमा, हेर, होस गर
बैँसमा, हेर, होस गर

ए रूपनगरकी रानी, किन हो आनाकानी?

माया देऊ, माया लेऊ, चोखो माया चिन

बैँसमा, हेर, होस गर
बैँसमा, हेर, होस गर

बैँसमा, हेर, होस गर
बैँसमा, हेर, होस गर



Credits
Writer(s): Tara Prakash Limbu
Lyrics powered by www.musixmatch.com

Link