Jaba Dinchau Khusi

जब दिन्छौ खुसी, अनगिन्ती दिन्छौ
जब दिन्छौ पीडा, बेहिसाब दिन्छौ
भक्कानो फुटेर आउँछ जब यादले सताउँछ
भक्कानो फुटेर आउँछ जब यादले सताउँछ
जब दिन्छौ खुसी...

दैव, तेरो लीला विचित्र भो
बुझ्नै गाह्रो, कस्तो अचम्म यो!
कोही कसैको अँगालोमा खुसी, खुसी
कोही कसैको साथमा सुखी, सुखी
कोही कसैको यादमा दु:खी
कोही कसैको यादमा दु:खी

जब दिन्छौ खुसी, अनगिन्ती दिन्छौ
जब दिन्छौ पीडा, बेहिसाब दिन्छौ
भक्कानो फुटेर आउँछ जब यादले सताउँछ
भक्कानो फुटेर आउँछ जब यादले सताउँछ

दुख्दैन कि मुटु? दुख्दैन कि मन?
जाली रैछ तिम्रै सामु जीवन
सबैलाई दिने त्यो तिम्रो माया, माया
सबैलाई दिने त्यो तिम्रो माया, माया
किन मलाई मात्रै सधैँ छाया?
किन मलाई मात्रै सधैँ छाया?

जब दिन्छौ खुसी, अनगिन्ती दिन्छौ
जब दिन्छौ पीडा, बेहिसाब दिन्छौ
भक्कानो फुटेर आउँछ जब यादले सताउँछ
भक्कानो फुटेर आउँछ जब यादले सताउँछ



Credits
Writer(s): Tara Prakash Limbu
Lyrics powered by www.musixmatch.com

Link