Yo Manle Tyo Manlai

यो मनले त्यो मनलाई रोजिसक्यो
धड्कनले तिमीलाई खोजिसक्यो
मान या नमान, यो मनले त्यो मनलाई
मनको मन्दिरमा राखेर तिमीलाई पुजिसक्याे
यो मनले त्यो मनलाई रोजिसक्यो

शून्य-शून्य थियो जीवन तिमी आउनुभन्दा पहिले
हो, शून्य-शून्य थियो जीवन तिमी आउनुभन्दा पहिले
तिम्रो साथ पाएर हो कि रङ्गीन लाग्छ अहिले?

जनम-जनम तिमीलाई मनले मागिसक्यो
सारा जीवन तिम्रै निम्ति भाकिसक्यो

खुसीमा झुमूँ-झुमूँ लाग्छ, तिमीलाई चुमूँ लाग्छ
हो, खुसीमा झुमूँ-झुमूँ लाग्छ, तिमीलाई चुमूँ लाग्छ
बादलसरि आकाशभरि तिमीसँगै उडूँ लाग्छ

यसै गरी रमिरहूँ सधैँभरि
बनोस् हाम्रो मायाप्रीति अजम्बरी
मान या नमान, यो मनले त्यो मनलाई
मनको मन्दिरमा राखेर तिमीलाई पुजिसक्याे
यो मनले त्यो मनलाई रोजिसक्यो



Credits
Writer(s): Tara Prakash Limbu
Lyrics powered by www.musixmatch.com

Link