Daiba Tero

दैव तेरो मायाको खेलाले आज मेरो यो गति पार्दियो
दैव तेरो मायाको खेलाले आज मेरो यो गति पार्दियो
जस्को निम्ति बाचेको उसैले आधी बाटो नपुग्दै छाड्दियो
आज मेरो यो गति पार्दियो

मान्छे पनि कहाँ सम्म निष्ठुरी, दयाको त ठाउँ सम्म देख्दैन
मान्छे पनि कहाँ सम्म निष्ठुरी, दयाको त ठाउँ सम्म देख्दैन
आफ्नो सानो घाउ दुख्ने मान्छेले
आफ्नो सानो घाउ दुख्ने मान्छेले, अरु मर्दासम्म नि रुँदैन
अरु मर्दासम्म नि रुँदैन
सबैलाई हसाउने मायाले, जूनी भरी धर्धरी रूवाइ दियो
जस्को निम्ति बाँचेको उसैले आधी बाटो नपुग्दै छाड्दियो
आज मेरो यो गति पार्दियो

आफ्नो गल्ती कसैले देख्दैन, आफू झुठो कहिले नि हुँदैन
आफ्नो गल्ती कसैले देख्दैन, आफू झुठो कहिले नि हुँदैन
सबै देख्छन अरुलाई नजाती
सबै देख्छन अरुलाई नजाती, आफ्नो मैलो कसैले देख्दैन
आफ्नो मैलो कसैले देख्दैन
दुई मुटु जोडिदिने मायाले, मुटु किन यसरी तोड्दियो
जस्को निम्ति बाँचेको उसैले आधी बाटो नपुग्दै छाड्दियो
आज मेरो यो गति पार्दियो



Credits
Writer(s): Anand Adhikari
Lyrics powered by www.musixmatch.com

Link