Jata Hindyo

जता हिड्यो उतै तान्ने बैमानी यो माया
हो हो हो

जता हिड्यो उतै तान्ने बैमानी यो माया
एक्लै परे मनै लाने बैगुनी यो माया
माया छाडी नजाऊ कतै कहीँ बिर्सी देला
माया छाडी नजाऊ कतै कहीँ बिर्सी देला
जोवन पनि काँडै होला फूल झरिदेला
जता हिड्यो उतै तान्ने बैमानी यो माया
एक्लै परे मनै लाने बैगुनी यो माया

मुटुभरि मातै लाग्ने कस्तो हो यो माया
मुटुभरि मातै लाग्ने कस्तो हो यो माया
टाढा गए आँखै लाग्ने कस्तो हो यो माया
टाढा गए आँखै लाग्ने कस्तो हो यो माया
जति पायो त्यति माग्ने निष्ठुरी यो माया
नपाएमा झर्किदिने दस्तुरी यो माया
माया छाडी नजाऊ कतै कहीँ बिर्सी देला
माया छाडी नजाऊ कतै कहीँ बिर्सी देला
जोवन पनि काँडै होला फूल झरिदेला

डुबी हेर पानीभित्र गहिरो छ माया
डुबी हेर पानीभित्र गहिरो छ माया
खोला तरी पारी गए पहिरो छ माया
खोला तरी पारी गए पहिरो छ माया
हुँदा मात्रै राम्रो लाग्ने मोहनी यो माया
नहुँदामा नराम्रो रे दुष्मनी यो माया
माया छाडी नजाउ कतै कहीँ बिर्सी देला
माया छाडी नजाउ कतै कहीँ बिर्सी देला
जोवन पनि काँडै होला फूल झरिदेला

जता हिड्यो उतै तान्ने बैमानी यो माया
एक्लै परे मनै लाने बैगुनी यो माया
निष्ठुरी यो माया
मोहनी यो माया
बैमानी यो माया



Credits
Lyrics powered by www.musixmatch.com

Link