Kahile Mitho

कहिले मीठो कहिले तीतो कस्तो कस्तो तिम्रो मायाँ
कहिले मीठो कहिले तीतो कस्तो कस्तो तिम्रो मायाँ
कहिले पोल्छ आगो सरि कहिले दिन्छ शीतल छायाँ
कस्तो कस्तो तिम्रो मायाँ
हो कस्तो कस्तो तिम्रो मायाँ

गीत भरि गाउँ भने पराईले सुन्ने हो कि
गीत भरि गाउँ भने पराईले सुन्ने हो कि
टुनामुना लगाएर आफूतिरै तान्ने हो कि
कहाँ राखुँ तिम्रो माया
कहाँ राखुँ तिम्रो माया, मन बुझाउँ कसो गरी
छातिभरि आँधी चल्छ, चैत मास लागे सरी
कस्तो कस्तो तिम्रो मायाँ
हो कस्तो कस्तो तिम्रो मायाँ

छोपे पनि आगोलाई नछोपिने धुँवा जस्तो
छोपे पनि आगोलाई नछोपिने धुँवा जस्तो
उड्न खोज्छ फैलिएर सिमलको भुवा जस्तो
छोडुँ भने डर लाग्छ
छोडुँ भने डर लाग्छ जाने हो कि उम्किएर
थुनु भने पीर लाग्छ मर्ने हो कि गुम्सिएर
कस्तो कस्तो तिम्रो मायाँ
हो कस्तो कस्तो तिम्रो मायाँ

कहिले मीठो कहिले तीतो कस्तो कस्तो तिम्रो मायाँ
कहिले पोल्छ आगो सरि कहिले दिन्छ शीतल छायाँ
कस्तो कस्तो तिम्रो मायाँ
हो कस्तो कस्तो तिम्रो मायाँ



Credits
Lyrics powered by www.musixmatch.com

Link