Jau Kaha Mann Mero

जाउँ कहाँ? मन मेरो बसिरहन मान्दैन
जाउँ कहाँ? मन मेरो बसिरहन मान्दैन
भूर्रभूर्र उडिरहन्छ, गुँड छोड्न जान्दैन
जाउँ कहाँ? मन मेरो बसिरहन मान्दैन
जाउँ कहाँ?

चञ्चल छ मन पुतली, फूलभित्रै रम्दछ
निस्केर त्यो जानै खोज्छ, आकाश पुग्छु भन्दछ
मेरोजस्तो अरूको दिल उस्तै न हो, मान्दैन

जाउँ कहाँ? मन मेरो बसिरहन मान्दैन
जाउँ कहाँ?

म त चोखो नदी नै हुँ, मनको मैलो पखाल्दिन्छु
सङ्गीतका लहर मेरा त्यही गङ्गामा मिसाइदिन्छु
बालुवाको महलमाथि सुनको गजुर बसाइदिन्छु

जाउँ कहाँ? मन मेरो बसिरहन मान्दैन
जाउँ कहाँ? मन मेरो बसिरहन मान्दैन
भूर्रभूर्र उडिरहन्छ, गुँड छोड्न जान्दैन
जाउँ कहाँ? मन मेरो बसिरहन मान्दैन

जाउँ कहाँ? मन मेरो बसिरहन मान्दैन
जाउँ कहाँ? मन मेरो बसिरहन मान्दैन
जाउँ कहाँ? मन मेरो बसिरहन मान्दैन



Credits
Writer(s): Dharmaraj Thapa
Lyrics powered by www.musixmatch.com

Link