Chahana Gareko

चाहना गरेको जस्तो दिन भयो न रात भयो, दिन भयो न रात भयो
वसन्त आएको थाहा दिने फूल भयो न पात भयो, फूल भयो न पात भयो
चाहना गरेको जस्तो...

कहीँ बिछोडको आगो, कहीँ मिलनको धुवाँ
कहीँ बिछोडको आगो, कहीँ मिलनको धुवाँ
बाटो खोज्छ जिन्दगी भई सिमलको भुवा

चाहना गरेको जस्तो दिन भयो न रात भयो, दिन भयो न रात भयो
वसन्त आएको थाहा दिने फूल भयो न पात भयो, फूल भयो न पात भयो
चाहना गरेको जस्तो...

नपाउँदा प्रीत दुःखी थिएँ, पाएर कहाँ सुखी भएँ

लाग्छ आज आफूमै आफ्नै कमी भएँ

चाहना गरेको जस्तो दिन भयो न रात भयो, दिन भयो न रात भयो
वसन्त आएको थाहा दिने फूल भयो न पात भयो, फूल भयो न पात भयो

चाहना गरेको जस्तो दिन भयो न रात भयो, दिन भयो न रात भयो
दिन भयो न रात भयो

Credits
Lyrics powered by www.musixmatch.com

Link