Manchhe Bish

मान्छे बिष पिएर

मान्छे बिष पिएर पनि बच्न सक्छन
अमृत पिएर मर्दै छु म
कहिले फूल बन्दै, कहिले पात बन्दै
बसन्तको काखमा झर्दै छु म
मान्छे बिष पिएर

यो कस्तो समस्या, यो कस्तो निवारण
घाउ बढ्दै जान्छ, औषधिको कारण
यो कस्तो समस्या, यो कस्तो निवारण
घाउ बढ्दै जान्छ, औषधिको कारण
मान्छे बिष पिएर पनि बच्न सक्छन
अमृत पिएर मर्दै छु म
कहिले फूल बन्दै, कहिले पात बन्दै
बसन्तको काखमा झर्दै छु म
मान्छे बिष पिएर

एक्लो हुन्छन मान्छे साहारा नपाई
मेरो नाउ डुब्छ किनारमा आई
एक्लो हुन्छन मान्छे साहारा नपाई
मेरो नाउ डुब्छ किनारमा आई
मान्छे बिष पिएर पनि बच्न सक्छन
अमृत पिएर मर्दै छु म
कहिले फूल बन्दै, कहिले पात बन्दै
बसन्तको काखमा झर्दै छु म
मान्छे बिष पिएर



Credits
Writer(s): Ramman Trishit
Lyrics powered by www.musixmatch.com

Link