Pahile Mutu

पहिले मुटु मात्र दुख्थ्यो, अहिले माया पनि दुख्छ
शरीर भित्र कता-कता आफ्नै छाया पनि दुख्छ
पहिले मुटु मात्र दुख्थ्यो, अहिले माया पनि दुख्छ
शरीर भित्र कता-कता आफ्नै छाया पनि दुख्छ
पहिले मुटु मात्र दुख्थ्यो...

बिछोडको पीर थियो, तर अलि दूर थियो
बिछोडको पीर थियो, तर अलि दूर थियो
अहिले मिलनको घाउ, अहिले मिलनको घाउ आफ्नै काया बनी दुख्छ
शरीर भित्र कता-कता आफ्नै छाया पनि दुख्छ
पहिले मुटु मात्र दुख्थ्यो...

कहाँ मात्र दुख्छ भनूँ? एक ठाउँ हो र, यहाँ भनूँ
कहाँ मात्र दुख्छ भनूँ? एक ठाउँ हो र, यहाँ भनूँ
घाउसँगै औषधीको, घाउसँगै औषधीको दायाँबायाँ पनि दुख्छ
शरीर भित्र कता-कता आफ्नै छाया पनि दुख्छ

पहिले मुटु मात्र दुख्थ्यो, अहिले माया पनि दुख्छ
शरीर भित्र कता-कता आफ्नै छाया पनि दुख्छ



Credits
Lyrics powered by www.musixmatch.com

Link