Jeevanma Khusi

जीवनमा खुशी मात्र कहाँ भेटिन्छ, दुःखी हुन्न म त
आँसुले मनको प्यास कहाँ मेटिन्छ, अब रुन्न म त

पीडालाई स्विकारी म हाँसिदिन्छु
दुःखलाई समेटी म बाँचिदिन्छु

जीवनमा खुशी मात्र कहाँ भेटिन्छ, दुःखी हुन्न म त

जुनी यो घरीघरी कहाँ पाइन्छ, जल्दिन म त
मृत्युलाई बाटो छेकी कहाँ छेकिन्छ, चिन्ता लिन्न म त

अतीतको तीतोमीठो बिर्सिदिन्छु
समयचक्रसँगै हिँडिदिन्छु

जीवनमा खुशी मात्र कहाँ भेटिन्छ, दुःखी हुन्न म त

पीडालाई स्विकारी म हाँसिदिन्छु
दुःखलाई समेटी म बाँचिदिन्छु, whoa



Credits
Writer(s): Rajanraj Shiwakoti
Lyrics powered by www.musixmatch.com

Link