Sanjha Dhaldaichha

साँझ ढल्दै छ, मात चढ्दै छ
साँझ ढल्दै छ, मात चढ्दै छ
याद काँडा बनी बिझिरहेछ
तिम्रो याद काँडा बनी बिझिरहेछ

पलपल अनि झन् बढ्दै छ किन जलन?
पलपल अनि झन् बढ्दै छ किन जलन?
जहाँ हेरे नि देख्छु तिम्रै तरङ्ग

प्यास बढ्दै छ, यो मन गल्दै छ
प्यास बढ्दै छ, यो मन गल्दै छ
याद डोरी बनी अल्झिरहेछ
तिम्रो याद डोरी बनी अल्झिरहेछ

रित्याई प्याला भएन केही असर
रित्याई प्याला भएन केही असर
हरक्षण तिमीलाई खोजिरहन्छ यी नजर

रात पर्दै छ, मात चढ्दै छ
रात पर्दै छ, मात चढ्दै छ
याद आँसु बनी बगिरहेछ
तिम्रो याद आँसु बनी बगिरहेछ

साँझ ढल्दै छ, मात चढ्दै छ
साँझ ढल्दै छ, मात चढ्दै छ
याद काँडा बनी बिझिरहेछ
तिम्रो याद काँडा बनी बिझिरहेछ



Credits
Writer(s): Anil Singh
Lyrics powered by www.musixmatch.com

Link