Rojeko Timilai

रोजेको तिम्लाई
रोजेको तिम्लाई
रोजेको तिम्लाई धेरै दिन भयो
तर रिझाउन तिम्लाई किन गाह्रो भयो?

"भोलि त बोल्छु" भनी बाटो कुर्छु
तर तिम्लाई देखेर किन लाटो हुन्छु?

यो मनको कुरा मनमै रह्यो
तर माया झनै मुटुभित्र पस्यो

रोजेको तिम्लाई
रोजेको तिम्लाई

इन्द्रेणी लाग्दा मनै कस्तो हुन्छ
अनि सम्झेर तिम्लाई मेरो मुटु छुन्छ
जुनेली रातमा सधैँ जून हेर्छु
अनि रातभरि तिम्लाई सम्झी गीत कोर्छु

आकाशको जून आकाशमै रह्यो
तर त्यही मेरो जीवनज्योति भयो

रोजेको तिम्लाई
रोजेको तिम्लाई

बादललाई जति हेर्यो उति बद्लियो
तर हरेक आकारमा तिम्रै रूप थियो
नशालु तिम्रो आँखा पनि बोल्छ
जब बादलले मलाई हेरी घुम्टो खोल्छ

आँखाको बोली आँखामै रह्यो
तर भावनामा झनै डुब्दै गयो

रोजेको तिम्लाई धेरै दिन भयो
तर रिझाउन तिम्लाई किन गाह्रो भयो?
रोजेको तिम्लाई
रोजेको तिम्लाई

रोजेको तिम्लाई
रोजेको तिम्लाई



Credits
Lyrics powered by www.musixmatch.com

Link