Nalagekai

नलागेकै न्यानो घाम लाग्दो रैछ जिन्दगीमा
नलागेकै न्यानो घाम लाग्दो रैछ जिन्दगीमा
नपरेकै पानी झरी पर्दो रैछ पीरतीमा
नपरेकै पानी झरी पर्दो रैछ पीरतीमा

मायामा विश्वास हुन्छ भनी भर पर्न सकिदैंन
मायामा विश्वास हुन्छ भनी भर पर्न सकिदैंन
मायाले डेरा सर्न खोजे रोकेर नै रोकिंदैन
नदी जस्तै मान्छेको मन जता पनि बग्न सक्छ
यस्तो बेला मान्छेलाई ठूलो धोका हुन सक्छ
नसोचेकै घटना पनि घट्दो रैछ जिन्दगीमा
मनमुटावको आगो पनि लाग्दो रैछ पीरतीमा

एकोहोरे मायालुको मनकै कुरा बुझिंदैन
एकोहोरे मायालुको मनकै कुरा बुझिंदैन
माया नभई मानिसमा उत्साह नै जाग्दैन
ढुंगा जस्तो मुटु पनि मायाले नै पग्लिदिन्छ
मायामा नै धोका हुँदा निर्दोष आँखा रुझिदिन्छ
नचाहेकै परिस्थिति आउँदो रैछ जिन्दगीमा
मिलन विछोड सुखदुख हुँदो रैछ पीरतीमा



Credits
Lyrics powered by www.musixmatch.com

Link