Ma Huri Ma

म हुरीमा दियो जलेको देख्छु
म हुरीमा दियो जलेको देख्छु
पानीमा आगो बलेको देख्छु
म पागल भएँ कि यहाँ, हिमान हरायो
मायाले माया नै छलेको देख्छु
म हुरीमा दियो जलेको देख्छु

मुना मरेकी मदनका कुरा
यहाँ साँचो पिरती सबै अधुरा

हो, मुना मरेकी मदनका कुरा
यहाँ साँचो पिरती सबै अधुरा
एउटाको सिन्दुर अर्कैको चुरा
मुखैमा रामराम कोखैमा छुरा

म आगोमा प्रह्लाद जलेको देख्छु
पूर्वैमा सुर्य ढलेको देख्छु
म पागल भएँ कि यहाँ, हिमान हरायो
सीताले राम नै छलेको देख्छु
म हुरीमा दियो जलेको देख्छु

मनभित्र मान्छे खै पस्छ कसरी
मुटुभित्रै छ भन्छन् खै बस्छ कसरी
हो, मनभित्र मान्छे खै पस्छ कसरी
मुटुभित्रै छ भन्छन् खै बस्छ कसरी
आँफै बसेको त्यो कोमल मुटुमा
धारिलो छुरा खै धस्छ कसरी

म त्रिशूली उल्टो बगेको देख्छु
ईश्वरको शक्ति डगेको देख्छु
म पागल भएँकि यहाँ, हिमान हरायो
आमाले सन्तान ठगेको देख्छु

म हुरीमा दियो जलेको देख्छु
पानीमा आगो बलेको देख्छु
म पागल भएँ कि यहाँ, हिमान हरायो
मायाले माया नै छलेको देख्छु
म हुरीमा दियो जलेको देख्छु



Credits
Lyrics powered by www.musixmatch.com

Link