Dherai Danda

धेरै डाँडा काटेर पुगेँ एउटा ठाउँ
न त चिन्थेँ कसैलाई न थाहा थियो नाउ

धेरै डाँडा काटेर पुगेँ एउटा ठाउँ
न त चिन्थेँ कसैलाई न थाहा थियो नाउ

केही बेर बसेर अनि सोचे मैले
कुन देश होला यो जहाँ पुगेर हेरे
धेरै डाँडा काटेर

त्यहाँ अनेक मानिसको
एउटै मात्र जात थियो
निलो छत मुनि सबको
एउटै बास थियो
त्यहाँ अनेक मानिसको
एउटै मात्र जात थियो
निलो छत मुनि सबको
एउटै बास थियो

स्वार्थ र ईर्ष्याको
त्यो ठाउँमा थिएन बसाई
अशान्तिको बिउ रोप्ने
थिएन फुर्सद कसैलाई

यस्तो ठाउँ देखेर
मनमा उठ्यो एउटा रहर
किन हुन सक्दैन यस्तै
म बसेको पनि गाउँशहर
यस्तो ठाउँ देखेर
मनमा उठ्यो एउटा रहर
किन हुन सक्दैन यस्तै
म बसेको पनि गाउँशहर

सबैले इच्छाए यस्तो ठाउँ सजिलै बन्थ्यो
म पुगेको यो ठाउँको नाउ
आज नेपाल हुन्थ्यो



Credits
Lyrics powered by www.musixmatch.com

Link