Maya Mitho

माया मीठो भन्थे अरू, मलाई त भीर लाग्यो
हो, माया मीठो भन्थे अरू, मलाई त भीर लाग्यो
भोग्दै जाँदा थोरै खुशी, धेरैजसो पीर लाग्यो
माया मीठो भन्थे अरू, मलाई त भीर लाग्यो
भोग्दै जाँदा थोरै खुशी, धेरैजसो पीर लाग्यो
माया मीठो भन्थे अरू

हिजोसम्म बेग्लै थियो उसको सुख, मेरो सुख
आज एउटै भएको छ हामी दुईको सुखदुःख
हिजोसम्म बेग्लै थियो उसको सुख, मेरो सुख
आज एउटै भएको छ हामी दुईको सुखदुःख

हेर्दाहेर्दै आफूखुशी हिँड्ने दिन गएछ
उसको लागि हाँस्नुपर्ने, बाँच्नुपर्ने भएछ

माया मीठो भन्थे अरू

रुन पनि अब मैले उसको आँखा छल्नुपर्छ
हैन भने मेरो जिउको पीडा उसको मनमा सर्छ
रुन पनि अब मैले उसको आँखा छल्नुपर्छ
हैन भने मेरो जिउको पीडा उसको मनमा सर्छ

तर्दातर्दै मनको खोला मनले ठाउँ फेरेछ
आफ्नो बाटो अब उसको जिन्दगीले घेरेछ

माया मीठो भन्थे अरू, मलाई त भीर लाग्यो
भोग्दै जाँदा थोरै खुशी, धेरैजसो पीर लाग्यो
माया मीठो भन्थे अरू



Credits
Lyrics powered by www.musixmatch.com

Link