Chuleshile

चुलेँसीले रेटे हुन्छ, खुकुरीले काटे हुन्छ
चुलेँसीले रेटे हुन्छ, खुकुरीले काटे हुन्छ
म त भएँ अचानो, जेले-जेले हाने हुन्छ
खुकुरीले काटे हुन्छ

मैले मात्रै रुनुपर्ने कर्मै हो कि यस्तो?
हो, मैले मात्रै रुनुपर्ने कर्मै हो कि यस्तो?
किन भयो जिन्दगानी आज बगर जस्तो?

सक्छौ भने भाग्य पनि
सक्छौ भने भाग्य पनि त्यतै ताने हुन्छ

म त भएँ अचानो, जेले-जेले हाने हुन्छ
खुकुरीले काटे हुन्छ

माया पनि बदनाम हुने जाली काम गर्यौ
हो, माया पनि बदनाम हुने जाली काम गर्यौ
झुक्क्याएर मनको खेतमा तिमीले आगो छर्यौ

मुखले किन ठिक्क पार्ने?
मुखले किन ठिक्क पार्ने? पराई ठाने हुन्छ

म त भएँ अचानो, जेले-जेले हाने हुन्छ
खुकुरीले काटे हुन्छ

चुलेँसीले रेटे हुन्छ, खुकुरीले काटे हुन्छ
म त भएँ अचानो, जेले-जेले हाने हुन्छ
खुकुरीले काटे हुन्छ



Credits
Writer(s): Dr. Bhola Rijal
Lyrics powered by www.musixmatch.com

Link