Maya Garne Ko Choko

माया गर्नेको
माया गर्नेको चोखो माया पनि देखियो
बाचा गर्नेको
बाचा गर्नेको बाचा बन्धन पनि देखियो
माया गर्नेको चोखो माया पनि देखियो

फूल सुकुमार छ निष्पाप छ
कोमल भन्थे, कोमल भन्थे
फूल सुकुमार छ निष्पाप छ
कोमल भन्थे, कोमल भन्थे
फूलको धारले, फूलको धारले
रेटेको पनि देखियो
बाचा गर्नेको बाचा बन्धन पनि देखियो

रोई रोई नछुटिने
कसम खानेले, कसम खानेले
रोई रोई नछुटिने
कसम खानेले, कसम खानेले
हाँसी हाँसी, हाँसी हाँसी
कसम तोडेको पनि देखियो
ह, माया गर्नेको चोखो माया पनि देखियो

प्रेम बरदान हो, प्रेम बरदान हो
दुई आत्माको संगम भन्थे, संगम भन्थे
कोहि कोहिले त, कोहि कोहिले त
आत्मा बेचेको पनि देखियो
हो, बाचा गर्नेको बाचा बन्धन पनि देखियो

सबको भगवान छ भगवानले
हेर्छन् भन्थे, हेर्छन् भन्थे
सबको भगवान छ भगवानले
हेर्छन् भन्थे, हेर्छन् भन्थे

तिम्रो भगवानले, तिम्रो भगवानले
हेरेको पनि देखियो
माया गर्नेको चोखो माया पनि देखियो
देखियो, देखियो, देखियो, देखियो



Credits
Writer(s): Narayan Gopal
Lyrics powered by www.musixmatch.com

Link